झलनाथ खनालको क्षेत्रमा १४ घण्टादेखि मतगणना स्थगित
इलाम | मंसिर ७, २०७९
इलाम: इलाममा क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो ।
कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना रोकिएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।
यो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले खनाललाई पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

